खाेज्नुहाेस

डडेल्धुरामा २० वर्ष नपुग्दै सुत्केरी हुनेको संख्यामा कमी आएन

Image

डडेल्धुरा – जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुनेको संख्यामा कमी आएको छैन । स्वास्थ्य कार्यालयका अनुसार कम उमेरमा गर्भधारण र प्रसूति हुनेको संख्या जिल्लामा उल्लेख्य छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर २ हजार १ सय २८ जना सुत्केरी भए, तीमध्ये २ सय ४४ जना २० वर्षमुनिका थिए ।

navjiwan hospital

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा १ हजार २ सय ४६ गर्भवती हुँदा २० वर्ष पनि नपुगेका १ सय ५३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । घरमै प्रसूति हुने दर नियन्त्रणमा आउन सकेको छैन । गत वर्ष ४७ जनाले घरमै बच्चा जन्माएका थिए । जसमध्ये एक जना २० वर्षमुनिकी थिइन् । चालु वर्षको अहिलेसम्म १३ जनाले घरमै बच्चा पैदा गरेका छन् । तीमध्ये पाँच जनाको उमेर २० वर्षमुनि रहेको कार्यालयले जनाएको छ ।

attariya hospital

स्वास्थ्य कार्यालय प्रमुख केशर साउदका अनुसार पछिल्ला वर्षमा जनचेतना वृद्धि हुँदै गए पनि समस्या समाधान हुन सकेको छैन । उनका अनुसार ‘भागी विवाह’ बढ्दै जाँदा कम उमेरमा गर्भधारण गर्ने बढेको पाइएको हो ।