बाजुरा– गयराती देखी वर्षा भएपछि बाजुराको उच्च लेकाली भेगमा हिमपात भएको छ । यसअघि पनि माघमा हिमपात भएको सो क्षेत्रमा पुनः हिमपात भएको हो ।

जिल्लाका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ ।

विशेष गरी हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित बनेका छन् । हिमपातले हिउँदे बाली राम्रो हुने भएपछि स्थानिय खुसी भएका छन् ।

















