खाेज्नुहाेस

सुनको मूल्य ४८०० घट्यो, चाँदी पनि सस्तियो

Image

काठमाडौँ – शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० र चाँदीको मोल २२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० निर्धारण भएको छ ।

attariya hospital
navjiwan hospital

गत शुक्रवार एक तोला सुन तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ मा कारोबार भएको थियो ।

बिहीवार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र चाँदी पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधवार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।