बेलौरी – नेपाल भारत सीमामा ३ लाख बढी रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

शनिवार कञ्चनपुरको बेलौरी बसहीको ७६९/६ सीमा स्तम्भ नजिक खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ लाख ३६ हजार ९५० नेपाली रुपैयाँ सहित पुर्नवास नगरपालिका २ का राजकुमार अधिकारी पक्राउ गरेको हो ।

एसएसबीका अनुसार अधिकारीले भारतबाट हेलमेट भित्र पैसा लुकाएर नेपाल गइरहेका थिए । अधिकारीले उक्त रकमको स्रोत नदिँदा एसएसबीले उनलाई भारतीय प्रहरीको जिम्मा लगाएको छ ।
प्रहरीले उनको साथबाट एक पल्सर मोटरसाइकल, दुई सामसङ मोबाइल समेत बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पलिया पठाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



















