धनगढी – प्रतिनिधि सभा निर्वाचन कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् ।
जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ८ हजार ३ सय ७६ मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।


निर्वाचित जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवाल ९ हजार ७ सय ६ मतसहित तेस्रो स्थानमा रहे भने नाउपा नेपालका विक्रम चौधरीले ६ हजार ७ सय ४७ मत प्राप्त गरे।
नेकपा एमालेका उम्मेदवार गौरीशङ्कर चौधरी ४ हजार ७ सय ५२ मत ल्याउदा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले २ हजार ३ सय ४७ मत प्राप्त गरे।



















