अत्तरिया – प्रतिनिधि सभा निर्वाचन कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिस्पर्धी भन्दा १० हजार बढी मतले अग्रता (लिड) लिइरहेको छ ।

शनिवार साँझ साढे ५ बजे सम्ममा गोदावरीका ११ र गौरीगंगाका २ वडाको ३२ हजार ४३८ मत गणना गर्दा रास्वपाले १० हजार ३४७ मतले लिड गरिरहेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका खेम राज कोइरालाले १६ हजार ३१९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोरख बहादुर विष्टले ५ हजार ९७२ मत मात्रै ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका लेख राज भट्टले ४ हजार ७२१ मत ल्याएका छन् । चौथोमा रहेका नेकपाका हरि चौधरीले १ हजार ९८८ मत ल्याएका छन् ।
यस्तै राप्रपाले ७००, स्वतन्त्र उम्मेदवार छत्र भट्टले १७६, नाउपा नेपालले १२६, श्रम संस्कृति पार्टीले १२५ मत ल्याएका छन् । अन्य उम्मेदवारको एक सय भन्दा कम मत ल्याएका छन् ।
हालसम्म गोदावरीको वडा नम्बर ८ बाहेक मत गणना सम्पन्न भएको छ भने गौरीगंगाको २ र ३ को मतगणना सकिएको छ ।


















