अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिकाका ११ वडाको मतगणना सार्वजनिक गरिएको छ । ३० वटा वडाहरु मध्ये गोदावरी नगरपालिकाका ११ वडाहरुको मतगणना सम्पन्न भएको हो ।

गोदावरीका ११ वडाको कुल २८ हजार ८५७ मतमध्ये सबै भन्दा बढी रास्वपाका उम्मेदवारले प्राप्त गरेका छन । रास्वपाका उम्मेदवार खेमराज कोइरालाले कुल गणना गरिएको मतको आधा बढी १४ हजार ७६२ मत प्राप्त गरेका छन ।
दोस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले ५ हजार ११२ मत प्राप्त गरेका छन ।

नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ४ हजार १५४ मत प्राप्त गरी तेस्रो स्थानमा रहदाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी (उत्सव) ले १ हजार ६०७ मत प्राप्त गरेका छन ।
कैलाली क्षेत्र नं. ४ मा गोदावरी नगरपालिकाका १२ वडा सहित गौरीगंगा नगरपालिकाका ११ वडा, चुरे गाउँपालिकाका ६ वडा र मोहन्याल गाउँपालिकाको वडा नं. ५ रहेका छन ।


















