खाेज्नुहाेस

कैलाली –१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी

Image

धनगढी – कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन् । उनी १७ हजार ८२६ मत ल्याएर विजयी भएकी हुन । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन । टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगोरा थारुले ८ हजार ३९२ मत प्राप्त गरेका छन ।

navjiwan hospital

नेपाल कम्युनिस्ट पार्टी एमालेका द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरे । यहाँ स्वतन्त्र उम्मेदवार फागुराम थारुले ३ हजार ३८८ राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २ हजार ९३७ उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिप कुमार चौधरीले २ हजार ३५७, श्रम संस्कृति पार्टीका बिमलकुमार डगौराले ९०८ मत प्राप्त गरेका छन ।

attariya hospital

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादीका रामबहादुर विश्वकर्माले ३१५ मत प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डाक्टर जनकराज शाहले २१६ मत प्राप्त गरेका छन ।

स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहीले १४० मत जनमत पार्टीका उम्मेदवार भगतराम डगोरा थारुले ११३ मत, स्वतन्त्र उम्मेदवार नरेश रावलले ९३ मत, आम जनता पार्टीका रूपाकुमारी चौधरीले ६० मत, मजदुर किसान पार्टीका सुनिता भण्डाराले ४१ मत प्राप्त गरेका छन ।