खाेज्नुहाेस

कैलाली ४ का ७ वडामा मतगणना सकिदा रास्वपाको अग्रता कायमै

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ का ७ वडाको मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  अग्रता कायमै राखेको छ ।

क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिका – १,२,३,९ १०,११ र १२ को १९ हजार ४०९ मतगणना सकिदा रास्वपाले ९०६४ मत ल्याएको हो । रास्वपाबाट खेम राज कोइराला उम्मेदवार रहेका छन् ।

attariya hospital
navjiwan hospital

दोस्रोमा रहेको नेपाली कांग्रेसले ३४०१ मत ल्याएको छ । कांग्रेसबाट गोरख विष्ट उम्मेदवार छन् । तेस्रोमा रहेको नेकपा एमाले २७८८ मत ल्याएको छ । एमाले बाट पार्टीका उपमहासचिव समेत रहेका लेखराज भट्ट उम्मेदवार छन्।

चौथोमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको मत आएको छ । नेकपाले ११३८ मत ल्याएको छ । नेकपाबाट हरि चौधरी उम्मेदवार बनेका छन् ।

त्यस्तै राप्रपाले ४२४ र स्वतन्त्र उम्मेदवारले १५२ मत ल्याएका छ्न । अन्य उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन ।