खाेज्नुहाेस

कैलाली ४ का २ वडामा मतगणना सकिदा रास्वपा दोब्बर बढी मतले अगाडि 

Image
अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ का २ वडाको मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  दोब्बर बढी मतले अग्रता लिएको छ ।
attariya hospital
क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिका – १ र १२ को मतगणना सकिदा रास्वपाले २७९५ मत ल्याएको हो । रास्वपाबाट खेम राज कोइराला उम्मेदवार रहेका छन् ।
navjiwan hospital
दोस्रोमा रहेको नेपाली कांग्रेसले १०२४ मत ल्याएको छ । कांग्रेसबाट गोरख विष्ट उम्मेदवार छन् । तेस्रोमा रहेको नेकपा एमाले ९९८ मत ल्याएको छ । एमाले बाट पार्टीका उपमहासचिव समेत रहेका लेखराज भट्ट उम्मेदवार छन्।
चौथोमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको मत आएको छ । नेकपाले ३११ मत ल्याएको छ । नेकपाबाट हरि चौधरी उम्मेदवार बनेका छन् ।