अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय गेटामा मतगणना सुरु भएको हो ।

मतगणना १० बजे देखि सुरु गर्ने भनिएपनि करिब १ घण्टा ढिलो गरि मतगणना सुरु गरिएको छ ।

यस क्षेत्रको गोदावरी नगरपालिका १ बाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत मत खसेको छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको हो ।


















