बेलौरी – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा १२ हजार भन्दा बढी मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार बिहान ९:५० बजेसम्म १२ हजार ९१ सय मत खसेको हो ।

क्षेत्र नम्बर १ मा बिहान ७ बजे बाट शान्तिपूर्ण रुपमा ५२ मतदान स्थलका १ सय २२ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यो क्षेत्रमा १९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन । जसमा ४ स्वतन्त्र छन भने १५ जना राजनीतिक दलबाट उम्मेदवार रहेका छन ।
यो क्षेत्रबाट नेकपा एमाले बाट २०७९ को निर्वाचनमा बिजयी भएका तारालामा तामाङ ,नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर ,नेपाली काङ्ग्रेस बाट गोपि प्रसाद उपाध्याय ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी लगायतका १९ उम्मेदवार रहेका छ्न ।


















