अतरिया – सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्रमा मतदान सुरु भएको छ।
शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। १६ निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उल्लासपूर्ण रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।


मतदाताहरू बिहान मतदान सुरु हुनु अघि नै मतदान स्थलमा पुगिसकेका थिए।
निर्वाचनका लागि प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरेर सुदूरपश्चिममा ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा अधिकारीले बताएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले निर्वाचनको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको बताए।


















