खाेज्नुहाेस

मतदान केन्द्रमा मोबाइल, क्यामेरा नलग्न कञ्चनपुर प्रशासनको आग्रह

Image

कञ्चनपुर – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । मतदानका लागि मतदान केन्द्रमा जाने मतदाताले निषेधित सामग्री नलग्न प्रशासनले आग्रह गरेको हो ।

navjiwan hospital

बुधबार सूचना गर्दे जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिहरूले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ , फोटो खिच्ने क्यामेरा, मोबाइल वा अन्य निषेधित वस्तुहरू नलिई प्रवेश गर्न आग्रह गरे ।

attariya hospital

साथै, सूचना विपरीत कसैले मोबाइल फोन लगायतका निषेधित वस्तुहरू आफ्नो साथमा लिई मतदान केन्द्र मतदान कक्षमा प्रवेश गरेमा तत्काल जफत गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।