खाेज्नुहाेस

सुदूरपश्चिममा आज निर्वाचन स्थलमा बुथ निर्माण गरिदै

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा बिहीबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशभरिका १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रबाट१७ लाख १६ हजार ६ सय ६० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार बिहीबार हुने मतदान कार्यका लागि आवश्यक अन्तिम तयारी सकिएको छ । कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी, मतपत्र र मतपेटिका लगायतका सामग्री सुरक्षित रूपमा पुगिसकेको जानकारी दिए ।

attariya hospital
navjiwan hospital

सुरक्षा संवेदनशीलताका हिसाबले मतदान स्थल र केन्द्रहरूलाई वर्गीकरण गरिएको छ । जसअनुसार ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ भने ३९५ मतदान स्थललाई ’संवेदनशील’ मानिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुख भट्टका अनुसार बुधबार सबै मतदान स्थलमा बुथ निर्माणको काम भइरहेको छ । अधिकांश स्थानमा बुथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मतदान प्रक्रियालाई सहज र मैत्रीपूर्ण बनाउन महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइन तथा बुथको व्यवस्था गरिएको छ । निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारीहरू सम्बन्धित स्थानमा पुगिसकेका छन् ।