खाेज्नुहाेस

कैलाली ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टको समर्थनमा र्‍याली

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छत्र बहादुर भट्टको समर्थनमा अत्तरिया बजार क्षेत्रमा मोटरसाइकल र्‍याली निकालिएको छ ।

सोमबार चुनाव प्रचारको अन्तिम दिन युवाहरूले अत्तरिया बजार क्षेत्रमा मोटरसाइकल र्‍याली निकालेका हुन ।

attariya hospital
navjiwan hospital

पिर्ती शोक परेपछि भट्ट भने क्रियामा बसेका छन् । उनले आफू क्रियामा बसेको बेला र्‍याली निकालेर हौसला दिएकोमा धन्यावाद ज्ञापन गरे ।

‘मलाई दुःख परेको बेला पनि मलाई उत्साहित बनाउनु भएकोमा धन्यावाद’ उनले भने ‘मलाई सेवा गर्ने मौका दिनुस्, म यो क्षेत्रका लागि काम गर्छु ।’ उनले आफूलाई जानकारी नदिई आफ्नो पक्षमा ¥याली निकालिदिएकाले उत्साहित भएको बताए ।

र्‍याली उनको निवास गोदावरी नगरपालिका – ३ हुँदै ओलानी क्षेत्रमा पनि पुगेको थियो ।