खाेज्नुहाेस

अत्तरियामा न्यू भूमिराज मोबाईल एण्ड इलेक्ट्रोनिक्स सप्लायर्स नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

Image

अत्तरिया– कैलालीको अत्तरियामा विगत १३ वर्षदेखी सञ्चालनमा रहेको न्यू भूमिराज मोबाईल एण्ड इलेक्ट्रोनिक्स सप्लायर्स नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । अत्तरिया बसपार्क अगाडी पट्टि भित्र जाने बाटोमा सञ्चालनमा रहेको सो मोबाईल ग्यालरी सोमबारबाट बसपार्क अगाडी मुख्य सडक छेउमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो ।

navjiwan hospital

पसलका सञ्चालक भुपेन्द्र कुँवरले पसललाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको बताए । उनले विगत १३ वर्षदेखी अत्तरियामा नै सञ्चालन गर्दै आईरहेको पसललाई केही वृहत र व्यवस्थीत बनाएको बताए । ‘आज हामीले यो पसललाई वृहत रुपमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएका छौ’ उनले भने ‘विगत १३ वर्षदेखी अत्तरियामै गल्लीमा यो पसल सञ्चालनमा रहेको थियो भने अहिले बसपार्क अघि को मुख्य सडकमा ल्याएर विभिन्न सेवासुविधाहरुसहित थपेका छौँ ।’

attariya hospital

उनले पसलबाट विभिन्न मोबाईल ब्राण्डका मोबाईलहरु पाईनुका साथै मोबाईल रिपेयरिङ र किस्ताबन्दीमा मोबाईल बिक्रिवितरण गर्ने कार्य गरिने बताए । उनका अनुसार मोबाईलको नयाँ व्यवस्थापन र सेवासुविधाका लागि करिब १ करोड हाराहारी लागत लागेको छ ।
अर्का सञ्चालक प्रकाश कुँवरले अत्तरिया बसपार्क छेउमा सञ्चालनमा रहेको सो पसलका विभिन्न शाखाहरु पनि सञ्चालनमा रहेको बताए ।

उनका अनुसार सो पसलका हालसम्म ३ वटा शाखा सञ्चालनमा रहेका छन् । उनले पसलको मुख्य शाखा अत्तरिया रहेको छ भने लालपुर र स्याउलेमा दुई ओटा शाखाहरु सञ्चालनमा रहेका छन । उनले पसलको नयाँ व्यवस्थापन गरिएकाले एक पटक आएर सेवा गर्ने मौका दिन उनले सबैलाई आग्रह गरेका छन ।