खाेज्नुहाेस

धनगढीका पत्रकार थापामाथि निर्घात कुटपिट

Image

धनगढी – सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि धनगढीमा कुटपिट भएको छ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–चौराहा स्थित मित्रनगर चोकमा हिमान्सु बोहराको समूहले थापामाथि आक्रमण गरेको सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले जानकारी दिएका छन्।

attariya hospital

कुटपिटबाट पत्रकार थापाको टाउको र आँखामा चोट लागेको छ। आँखामा रगत जमेको अवस्थामा उनलाई उपचारका लागि धनगढीस्थित सारथी अस्पतालमा भर्ना गरिएको छ।

घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको छ ।