
अत्तरिया – आसन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर –४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टलाई पितृ शोक परेको छ । उनका बुवा ७९ वर्षीय पदम बहादुर भट्टको शनिबार बिहान निधन भएको छ ।
उनको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको शवयात्रा आजै गोदावरी नगरपालिका वडा नम्बर– ३ मालाखेती स्थित निवासबाट हुने जनाइएको छ ।




















