खाेज्नुहाेस

बेलौरीमा मोटरसाइकल मर्मतको बाहानामा ब्राउन सुगर ल्याईयो, पक्राउ परे २ जना 

Image

बेलौरी – कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । 

आज शुक्रवार ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट सादा पोशाकमा खटिएका घुमुवा प्रहरी र प्रहरी चौकी भुडाको सयुक्त टोलीले बेलौरी नगरपालिका १० भुडाबाट ६ ग्राम २९० मिलिग्राम  ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो । 

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा बेदकोट नगरपालिका ९ सुन्दरपुर बस्ने २५ वर्षीय खगेन्द्र दयाल र भीमदत्त नगरपालिका – १८  कटान बस्ने २३ वर्षिय भरत बहादुर कुवर रहेका छन । 

प्रहरीका अनुसार दुबै जनालाई भुडाको नेपाल भारत सीमा पतैया बजारबाट फर्किने क्रममा पक्राउ गरिएको हो । उनीहरुको साथबाट म २ प ५३१५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । 

प्रहरी स्रोतका अनुसार उनी पतैया मोटरसाइकल मर्मतको बहाना पारी लागुऔषध किन्न टिल्ला नम्बर ४ पुगेका थिए । दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलडाँडी लगिएको छ ।