खाेज्नुहाेस

कैलालीबाट ७ लाखको कस्मेटिक सामान बरामद 

Image
file photo
अत्तरिया – कैलालीबाट प्रहरीले ७ लाख ३५ हजार ५ सय बराबरको अवैध कस्मेटिक सामान बरामद गरेको छ । बुधवार भजनी नगरपालिका – ५ भगतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको कस्मेटिक सामान बरामद गरेको हो ।
navjiwan hospital
attariya hospital
उक्त सामान इलाका प्रहरी कार्यालय भजनी र पृथ्वीपुर कैलालीबाट सयुक्त  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।