धनगढी – कैलालीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरिएको छ ।
मोहन्याल गाउँपालिका–७ नालकोट स्थित नेपाने जंगलको बाटो नजिकैको झाडीमा लुकाइएको अवस्थामा बन्दुक बरामद गरिएको हो।
आइतबार ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।