अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले बजार व्यवस्थापन समितिले भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ । शिवरात्री पर्वको अवसर पारी समितिले भक्तजनहरुलाई प्रसाद वितरण गरेको हो ।

स्याउले बजारमा रहेको विश्वनाथ महादेवको मन्दिरमा पुजा गर्न आउने श्रद्धालु भक्तजनहरुलाई प्रसाद वितरण गरिएको समितिका अध्यक्ष गोपाल देउवाले जानकारी दिए । उनले महाशिवरात्री पर्वको अवसर पारी स्याउले बजारको धार्मिक क्षेत्रका रुपमा रहेको विश्वनाथ महादेवको मन्दिरमा पुजा गरिएको र भक्तजनहरुका लागि पुजारीको समेत व्यवस्था गरिएको बताए ।

उनले भक्तजनहरुले पुजा सम्पन्न गरिसकेपछि प्रसाद स्वरुप विभिन्न फलफुल र चिया वितरण गरिएको बताए । प्रसाद वितरण गर्ने कार्यका लागि स्याउलेका विभिन्न व्यवसायीहरुको सहयोग रहेको उनको भनाई छ । उनले सबैको सहयोगमा मन्दिरमा पुजाका लागि आएका करिब ५ सयको हाराहारीमा भक्तजनहरुलाई प्रदान वितरण गरिएको बताए ।
















