
धनगढी – कैलालीमा लागू औषध सहित एक युवक पक्राउ परेका छन । टीकापुर नगरपालिका–९ खक्रौला चेकपोस्टबाट ९१० मिलिग्राम खैरो हिरोइन सहित लम्कीचुहा नगरपालिका–२ बगनिया निवासी २० वर्षीय सरोज तिरुवा पक्राउ परेका हुन ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

















