
अत्तरिया – कैलालीबाट प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले बिभिन्न मितिमा कैद सजाय तथा जरिवाना ठहर फरार रहेका ३ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा लागू औषध चरेश मुद्दामा १ बर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका बझाङको बित्थडचिर गाउँपालिका – २ का करन बहादुर बोहरा, लागू औषध मुद्दामै १ महिना २२ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – १३ का २७ वर्षीय गणेश राना र आगो लगाएको मुद्दामा ६ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – १७ का गंगाराम पार्की रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।






















