अत्तरिया– प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं. ४ मा ट्रेड युनियन कांग्रेसका तर्फबाट चुनाव प्रचार प्रसार परिचालन समितिको संयोजकमाा नविन रावल चयन भएका छन ।

नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्यसमेत रहेका रावललाई शनिबार बसेको कार्यसमिति बैठकले चुनाव प्रचार–प्रसार परिचालन समितिको संयोजकमा नियुक्त गरेको हो । समितिको मुख्य उद्देश्य नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा श्रमिक र ट्रेड युनियन क्षेत्रलाई सक्रिय बनाउनु रहेको छ ।

ट्रेड युनियन कांग्रेस कैलालीका जिल्ला अध्यक्ष सुरत स्वाँरका अनुसार संयोजक रावलको नेतृत्वमा श्रमिक भेला, अन्तरक्रिया तथा संगठन केन्द्रित कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्र बनाइनेछ । कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द) रहेका छन ।
















