काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। गत शुक्रबारदेखि उच्च दरले ओरालो लागेको मूल्य आज सोमबार पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ तोकिएको छ।

आजको दिन सुन प्रतितोला १४ हजार रुपैयाँ र चाँदी ३०० रुपैयाँले घटेको हो। हिजो आइतबार सुन ३ लाख रुपैयाँ र चाँदी ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो, जसबाट पछिल्ला दिनमा मूल्यमा तीव्र गिरावट देखिएको छ।

















