अत्तरिया – कैलाली कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । शुक्रबार धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट स्थानीय ३२ वर्षीय राज कुमार राना र १७ वर्षीय किशोर पक्राउ परेका छन । उनीहरुको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुवै जनालाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।


यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ भगतपुरबाट २५ वर्षीय प्रभुराज हमाल पक्राउ परेका छन ।
उनको घर कोठा खानतलासी गर्दा कोठामा लुकाई राखेको अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन ,PREGA75 क्याप्सुल थान २० र ANTIKOF ट्याब्लेट थान २९ प्रतिवन्धित लागूऔषध समेत फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।


















