खाेज्नुहाेस

कञ्चनपुरमा झुपडी भित्र लागू औषध सेवन र कारोबार गरिरहेका १० जना पक्राउ 

Image
सांकेतिक फोटो
कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार राती ९ बजे लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – १३ बडैपुर स्थित झुपडीबाट १० जनालाई पक्राउ गरेको हो ।
attariya hospital
navjiwan hospital
पक्राउ पर्नेमा स्थानीय २४ को प्रदीप लुहार सहित १० जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरू झुपडीको कोठा भित्र बसी लागू औषध सेवन तथा कारोबार गरी रहेको अवस्थामा फेला  परेका थिए ।
उनीहरूको शरीर तथा झुपडी खानतलासी गर्दा ११.३७ ग्राम लागू औषध खैरो हेरोइन, ५ वटा प्रतिबन्धित क्याप्सुल र लागू औषधमा प्रयोग हुने अन्य सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।