खाेज्नुहाेस

एकै दिन कैलाली कञ्चनपुरका ८ निर्वाचन क्षेत्रमा पुगेका बालेन आज पहाडी जिल्लामा 

Image
अत्तरिया – मंगलबार कैलाली कञ्चनपुरका ८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेका रास्वपाका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमका पहाडी जिल्लाका निर्वाचन क्षेत्र जाँदै छन् ।
attariya hospital
हिजो कैलालीका ५ र कञ्चनपुरका ३ निर्वाचन क्षेत्रका उम्मेदवार भेटेका बालेन आज डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा पुग्ने कार्यक्रम रहेको छ ।
navjiwan hospital
उनी आज बिहान साढे ९ बजे डडेल्धुराको तुफानडाँडामा रहेको पार्टी कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।
यस्तै साढे १२ बजे बैतडीको पाटन स्थित सम्पर्क कार्यालय, ४ बजे दार्चुलाको गोकुलेस्वर स्थित पार्टी कार्यालय र राती ८ बजे, बझाङको बुङ्गल स्थित पार्टी कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।