खाेज्नुहाेस

प्रतिनिधि सभा निर्वाचन : कांग्रेसद्धारा गोदावरीमा युवा परिचालनको जिम्मेवारी भट्टराईलाई

Image

अत्तरिया– नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ ले निर्वाचन क्षेत्रमा रहेका पालिकाहरुका लागि समिति गठन गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि कांग्रेसले पालिकाहरुमा समिति गठन गरेको हो ।

navjiwan hospital

कांग्रेसले गोदावरी नगरपालिकामा युवा परिचालन समितिको जिम्मेवारी आशिष भट्टराईलाई दिएको छ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउनका लागि भट्टराईलाई नगरको युवा परिचालनको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिईएको नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सचिव बिष्णु भाटले जानकारी दिए । त्यस्तै गोदावरी नगरमा नेविसंघ प्रचार प्रसारको जिम्मेवारी दिल बहादुर बुढाथोकीलाई दिईएको उनले बताए ।

attariya hospital

उनका अनुसार क्षेत्र नं. ४ अन्तरगत गौरीगंगा नगरपालिकामा युवा परिचालनको जिम्मेवारी लक्ष्मण साउँदलाई दिईएको छ भने नेविसंघ प्रचार प्रसारको जिम्मेवारी झलक छेडाललाई दिईएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले गोरख बहादुर बिष्ट (आनन्द) लाई उम्मेदवार उठाएको छ ।