खाेज्नुहाेस

सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवको आयब्यय विवरण सार्वजनिक

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालीत सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । अत्तरियामा रहेको न्यु सृजनशिल युवा क्लबको  आयोजनामा यही पुस ९ गतेदेखी पुस २१ गतेसम्म सञ्चालीत महोत्सवको  आयव्यय विवरण सार्वजनिक गरिएको हो ।

क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवबाट करिब ५  लाखको हाराहारीमा नाफा कमाएको जनाएको छ ।

महोत्सवबाट भएको आम्दानी र महोत्सव संचालनमा भएको खर्छ मिलान गर्दा क्लबले ५ लाख २३ हजार ३१९ एउपैया खुद नाफा आर्जन गरेको क्लबका अध्यक्ष नर बहादुर राई ले जानकारी दिए ।

उनले महोत्सवमा टिकट बिक्री, स्टल, रमाइलो मेला तथा प्रायोजकहरुबाट गरि जम्मा १ करोड ४ लाख ६९ हजार ६५० रुपैया आम्दानी भएकोमा विभिन्न शिर्षकमा ९५ लाख ९० हजार २७६ रुपैया खर्च भएको बताए ।

त्यसबाट क्लबले टिकट को ५ प्रतिशत रकम सामाजिक कार्यका लागि दिने भएकाले खुद आम्दानिमा केहि कमि आएको उनले बताए ।