खाेज्नुहाेस

विपिनको स्मृतिमा भीमदत्त नगरपालिकामा ‘विपिन चोक’ नामकरण

Image

कञ्चनपुर– हमासले बन्धक बनाएको अवस्थामा निधन भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकामा विपिन जोशी चोक नामाकरण गरिएको छ । विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गरिएको हो ।

navjiwan hospital

नगरपालिकाको निर्णयपछि शुक्रबार औपचारीक रुपमै सो चोकको नाम विपिन जोशी चोक नामाकरण गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले शुक्रबार सो चोकमा विपिन जोशीको नाम लेखिएको बोर्ड राखेको हो । सोही स्थानमा विपिनको सालिक निर्माण गर्ने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए ।

attariya hospital

उनका अनुसार सालिक निर्माणका लागि नगरपालिकाले दुई लाख बजेट विनियोजन गरिसकेको छ । भीमदत्त नगर कार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले बताए ।

यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका जनाएका थिए । विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यको उपस्थिति रहेको थियो ।