खाेज्नुहाेस

कैलाली – ४ मा उज्यालो नेपाल पार्टीले सुभाष कुवरलाई उम्मेदवार बनाउने 

Image
अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीले सुभाष कुवरलाई उम्मेदवार बनाउने भएको छ ।
attariya hospital
पार्टीका केन्द्रीय सदस्य मनोज लुहारले कैलाली ४ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुँवरलाई उम्मेदवार बनाउन निर्णय गरिएको बताए ।
navjiwan hospital
कैलालीको गौरीगंगा निवासी कुँवर २०७९ सालको स्थानीय तहको चुनावमा राप्रपाबाट गौरीगंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।
उनी सामाजिक विकृति, भ्रष्टाचारका विरुद्धमा आवाज उठाउँदै आएका छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा एमालेले पार्टीबाट लेखराज भट्टको नाम एकल रूपमा सिफारिस गरेको छ भने कांग्रेसले यसअघि प्रतिनिधि सभा सदस्य रहेका वीर बहादुर बलायर लगायत ७ जनाको नाम सिफारिस गरेको छ । नेकपाले पनि दीर्घ सोडारी, कृष्णराज सुवेदी लगायत ९ जनाको नाम सिफारिस गरेको छ । रास्वपाबाट पनि धेरै आकाक्षी देखिए पनि आधिकारिक रूपमा नाम सिफारिस गरिएको छैन ।