खाेज्नुहाेस

धनगढीमा ट्राफिक प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा कारबाहीको माग

Image

अत्तरिया – कैलालीको धनगढीमा भिडियो खिचिरहेका पत्रकार माथि ट्राफिक प्रहरीले दुर्व्यवहार गरेका छन् । बुधवार अपराह्न धनगढीको सहिद गेटमा ट्राफिक प्रहरीले मोटरसाइकल चेकजाँच गरिरहेको भिडियो खिचिरहेका पत्रकार माथि ट्राफिक प्रहरी हवलदार डेबिड श्रेष्ठले दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ कैलालीले जनाएको छ ।

navjiwan hospital

महासंघले एक विज्ञप्ति जारी गर्दै धनगढीबाट प्रसारित हुने एसटीएस टेलिभिजनका संवाददाता उषा किरण ज्योति र लक्ष्मण ढुङ्गालले समाचार प्रयोजनका लागि सार्वजनिक स्थलमा भिडियो खिचिरहेका बेला ट्राफिक प्रहरीले गरेको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

attariya hospital

विज्ञप्तिमा भिडियो खिचेको विषयमा ट्राफिक प्रहरी श्रेष्ठले पत्रकार ढुङ्गालको मोबाइल नियन्त्रणमा लिएर भिडियो डिलिट गर्न खोजेको उल्लेख छ । महासंघको विज्ञप्तिमा भनिएको छ ‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार सङ्कलन गर्न पाउने हक विपरीत सुरक्षा अधिकारीबाटै पत्रकारमाथि दुव्र्यवहार हुनु निन्दनीय कार्य हो । पत्रकारमाथि भएको दुर्व्यवहारमा संलग्न ट्राफिक प्रहरी अधिकारीलाई आवश्यक कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।’

यसैबिच नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले पनि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि गरिएको व्यवहार अत्यन्त निन्दनीय र प्रेस विरोधी रहेको जनाएको छ । महासंघको केन्द्रीय कार्यालयले यस्ता कार्यमा संलग्नमाथि आवश्यक कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।