खाेज्नुहाेस

डडेलधुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द

Image

डडेलधुरा – डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई कार्यकक्षमा दुर्व्यवहार भएको घटनाको विरोधमा आज (विहिबार) देखि आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने भएको छ ।

navjiwan hospital

नेकपा (बहुमत) को नाममा आएका व्यक्तिहरूले विभिन्न आरोप लगाउँदै बुधबार ओझामाथि कालोमसो दलेका थिए ।

attariya hospital

अस्पताल विकास समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको मनोबल कमजोर बनाउने घटनाप्रति विरोध जनाउँदै अस्पतालको सेवा बन्द गर्ने निर्णय लिएको जनाएको छ । दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएसम्म र घटनाले गिराएको कर्मचारीको मनोबललाई मध्यनजर गर्दै बिहीबारदेखि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको अस्पताल विकास समितिको विज्ञप्तिमा उल्लेख छ ।