खाेज्नुहाेस

नेकपा एमालेका उपमहासचिव भट्टलाई अत्तरियामा बधाई तथा सम्मान

Image

अत्तरिया– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टलाई बधाई तथा सम्मान गरिएको छ । नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ समन्वय कमिटीले सोमबार भट्टलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई दिनुका साथै सम्मानित गरेको हो ।

navjiwan hospital

समन्वय कमिटीका संयोजक गणेश जिमी साउँदको सभापतित्वमा आयोजित कार्यक्रममा उपमहासचिव भट्ट प्रमुख अतिथि र नेकपा एमालेका केन्द्रीय सदस्य सन्तोष शर्मा थापा वशिष्ठ अतिथि रहेकी थिइन ।

attariya hospital

कार्यक्रममा बोल्दै भट्टले आफूलाई लोकप्रिय मतका साथ विजयी गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । साथै उनले आसन्न निर्वाचनका लागि तयारी गर्न सबैलाई निर्देशन समेत दिए ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएकाले बधाई दिनुका साथै सम्मानित गरिएको साउँदले बताए । उनले कार्यक्रम सफल बनाउन र क्षेत्र नं. ४ बाट लेखराज भट्टलाई एकल सिफारिस गर्न भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।