खाेज्नुहाेस

साना किसान श्रीपुरको कारोबार ७२ करोड बढी, ३२ लाख नाफा

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले बजारमा रहेको साना किसान कृषि सहकारी संस्था लि. श्रीपुरको कारोबार ७२ करोड बढी पुगेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म ७२ करोड ४५ लाख २६ हजार ५३२ रुपैया बराबरको कारोबार गरेको हो । संस्थाको आर्थिक वर्ष २०८१/०८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति सदस्य प्रेमराज पाठकले संस्थाको जगेडा कोषमा ५ करोड १८ लाख ४४ हजार ९६८ रुपैया रहेको जानकारी दिए । उनले त्यसबाहेक संस्थाका अन्य कोषहरुमा ६६ लाख ३ हजार ४८०, कर्जा दायित्वमा १३ करोड ४२ लाख १२ हजार ६८३ रुपैया रहेको उनले बताए । संस्थाको कुल निक्षेप ३१ करोड ८९ लाख ८१ हजार २२३ रुपैया रहेको उनले बताए ।

त्यस्तै संस्थाले २४ लाख १० हजार ११० रुपैया लगानी लगाएको तथा ५७ करोड ७२ लाख ४८ हजार ९२२ रुपैया कर्जा तथा सापटी रहेको प्रतिवेदनका प्रस्तुतीका क्रममा पाठकले बताए । संस्थाले सो कारोबार बाट उक्त आर्थिक वर्षमा ३२ लाख ५५ हजार ८२१ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको बताए ।

attariya hospital

२०५३ साल चैत २९ गते ३५ जना शेयर सदस्यको ३ हजार ५ सय शेयर पुँजिबाट सुरुवात भएको संस्थामा हाल ५ हजार ८४७ जना शेयर सदस्य रहेका छन् भने संस्थाको शेयर पुँजि ६ करोड १३ लाख ९० हजार ३०० रुपैया रहेको छ । संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ । संस्थाले साना किसानहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न सहयोग पु-याउने भन्दै धनगढी उपमहानगरपालिका– ३ बोराडाडी र चुरे गाउपालिका–१ शिवनगरमा सेवा केन्द्रहरु सञ्चालन गरेको छ ।

समाजमा व्याप्त गरिवि निवारणका लागि सहकारीको स्थापना भएको संस्थाका अध्यक्ष विनाडीले जानकारी दिए । उनले साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहेको बताए । उनले साना किसानहरुको आर्थिकस्तर उकास्ने कार्यका लागि नै सहकारीले विभिन्न योजनाहरु ल्याएको बताए । उनले विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागि साना किसान सदैव अग्रसर रहने बताए ।
संस्थाले मलखाद, तरकारी, फलफुल र विउविजन बिक्रिवितरणबाट पनि आम्दानी गरेको छ । संस्थाले सो शिर्षकबाट मात्रै ६ लाख १३ हजार ८०२ रुपैया नाफा आर्जन गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

navjiwan hospital

साधारण सभा सम्पन्न

यसैबिच संस्थाको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २९औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष केशवराज बिनाडीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय अत्तरियाका कर्मचारी योगराज जोशी रहेका थिए ।  कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष विनाडीले, लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा समिति सदस्य प्रेमराज पाठकले, पशु बिमा तथा पशु धन सम्बन्धीको प्रतिवेदन संस्थाका पशुधन सुरक्षण समितिका अध्यक्ष फलराम चौधरीले र संस्थाको नीति कार्यक्रम तथा बजेट मुख्य प्रबन्धक टेकराज भट्टले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा गरेका विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी दिईएको थियो । संस्थाले सो अवधीमा हरेक शेयर सदस्यहरुको पहिचानलाई प्रष्ट पार्न पारिवारीक विवरण अध्यावधिक गरेको, रु. ५ लाख भन्दा माथीको कर्जा प्रवाह गर्दा सूचिकृत इन्जिनियरबाट धितो मुल्यांकन गर्ने गरेको, भाका नाघेको कर्जाको मात्रै हर्जाना लिने लगायतका प्रमुख कार्यहरु गरेको अध्यक्ष बिनाडीले बताए ।