अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा गरिएको तालाबन्दीका विषयमा गोदावरी नगरपालिकामा बोलाइएको छलफल बिना निष्कर्ष सकिएको छ । तालाबन्दीकर्ता, डीडीसीका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रतिनिधि सहितको छलफलमा मेयर वीरेन्द्र भट्टले आफ्ना मात्रै कुरा राखेर बाहिरिएपछि छलफल बिना निष्कर्ष सकिएको हो ।

छलफलको सुरुमै बोलेका मेयर भट्टले डीडीसी मेरो कारण सरेको भनेर कसले प्रचार गरेको भनेर तालाबन्दीमा सहभागी महिलाहरूलाई सोधेका थिए । उनीहरूले लोकराज पाण्डेयले भनेपछि आफूहरूले भनेको भनेपछि डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक समेत रहेका पाण्डेयले बोल्न खोजेका थिए ।
उनलाई बिचमा बोल्न रोकेर बोलेका मेयर भट्टले पहिलो आफूले जग्गा र घर बनाउन २५–३० लाख छुट्याउन्छु भने पनि जेन जी आन्दोलनका कारण सम्भव नभएकाले आगामी आर्थिक वर्षमा छुटाउने भन्दै बाहिरिएका थिए ।

त्यसपछि छलफल किन बोलाएको भन्दै स्थानीय आक्रोशित भएका थिए ।
छलफलमा सहभागी लोकराज पाण्डेले मेयरकै गोदावरी नगरपालिकाले नचाहेका कारण डीडीसी जान लागेको बताए । ‘इलाका प्रहरी कार्यालय मालाखेतीले समन्वय गरेर हामीलाई मिटिङमा बोलाउनु भएको थियो । त्यो मिटिङमा नबसीकन वहाँ (मेयर) जानुभयो’ उनले भने ‘मलाई लाग्छ दालमे कुछ काला हे । किन गोदावरी नगरपालिकाबाट दुग्ध विकास संस्थान जाँदै छ भनेपछि गोदावरी नगरपालिकाको अक्रमन्यताका कारण जाँदै छ । गोदावरी नगरपालिकाले नचाहेका कारण जाँदै छ ।’
सम्बन्धित समाचार : डीडीसीको मुद्दा ज्युँ का त्युँ, दोस्रो पटक तालाबन्दी
भिडियो


















