अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज चर्चित गायक प्रकाश सपुत लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्ने भएका छन ।

महोत्सवमा आज गायिका एन्जिला रेग्मी, गायक हास्य कलाकार निशान परियार, गायक मेघान कठायत , डान्सर गङ्गा थापा मगर लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजनकले जनाएको छ ।

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सवमा नवौँ दिन सम्म पुग्दा दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ । महोत्सवमा बुधबार गायक टंक तिमिल्सिना, गायिका इश्बल सञ्ज्याल लगायतका कलाकारहरु आफ्नो प्रस्तुति राखेका थिए ।


















