खाेज्नुहाेस

सुदूरपश्चिम नेकपा बन्यो ठुलो दल

Image

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । नागरिक उन्मुक्ति पार्टीको नेकपासँग एकीकरण भएसँगै १८ सदस्य रहेको काँग्रेसलाई पछि पार्दै नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश सभाको सबभन्दा ठूलो दल बनेको हो।

navjiwan hospital

५३ सदस्यीय प्रदेश सभामा यसअघि माओवादीको सभामुखसहित ११ जना, नेकपा एमालेको ११ जना, नागरिक उन्मुक्तिको सात जना, नेकपा समाजवादीको चार जना,राप्रपाको एक र स्वतन्त्र एक जना सदस्य थिए।

attariya hospital

माओवादी केन्द्र र नेकपा समाजवादी मिलेर एक जना निलम्बितसहित १३ सदस्यसहित दोस्रो ठूलो दल बनेको नेकपा नागरिक उन्मुक्तिका सात जना सदस्य थप हुँदा २० जना प्रदेश सभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको हो।

तीन पार्टीका सदस्य मिलेर सबैभन्दा ठूलो दल बनेको नेकपा प्रदेश सभाको प्रमुख प्रतिपक्षी हो भने काँग्रेस र एमालेको गठबन्धन सरकार छ।