अत्तरिया– कैलालीबाट विभिन्न मुद्धाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाका विभिन्न स्थानबाट जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागुऔषध मुद्धामा ९ महिना कैद सजाय र १० हजार रुपैया जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका– ५ का २६ वर्षिय विराट रावल रहेका छन । त्यस्तै सवारी ज्यान मुद्धामा ३ महिना कैद सजाय र ४ हजार रुपैया जरिवाना तोकिएका घोडाघोडी नगरपालिका– १० पहलमानपुरका दिपक प्रसाद चौधरी र सोही मुद्धामा २० दिन कैद सजाय र ४ हजार रुपैया जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका– ३ चिसापानीका बिजय आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।


सवारी ज्यान मुद्दामै २ महिना कैद सजाय र २ हजार रुपैया जरिवाना तोकिएका भजनी नगरपालिका– १ कुडीका पंचराम डगौरा र सोही मुद्धामै १५ दिन कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका– ३ चिसापानी बस्ने नमराज चापागाईलाई पनि प्रहरीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।
कञ्चनपुरका एक जना पक्राउ
त्यस्तै कञ्चनपुरबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको शुक्लाफाँटा नगरपालिका– ४ बस्ने २४ वर्षिय दिपक बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
बिष्टलाई जिल्ला अदालत कञ्चनपुरको यही जेठ २२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ बर्ष ११ महिना २८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेको थियो । उनलाई सोमबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















