खाेज्नुहाेस

जी बब र हिमाल सागरले नचाए अत्तरिया, सोमबार रामजी खाड आउने

Image

अत्तरिया– कैलालीको अत्तरियामा जारी सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवमा आईतबार -यापर जी बब, हिमाल सागर लगायतका कलाकारहरुले प्रस्तुती राखेका छन् ।

navjiwan hospital

अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लबको आयोजनामा आयोजित महोत्सवमा आईतबार आएका पछिल्लो समयका चर्चित -यापर जी बबको प्रस्तुतीमा युवाहरु उत्साहित भएका थिए । दर्शक दिर्घामा रहेका युवाहरुको उत्साहलाई शान्त पार्न आयोजकलाई हम्मेहम्मे परेको थियो । जी बबका फ्यानहरुले उनका विभिन्न गितहरुमा उफ्रि उफ्रि साथ रमाईलो गरेका थिए ।

attariya hospital

त्यस्तै गायक हिमाल सागरले पनि आफ्ना चर्चित गितहरुबाट दर्शकहरुलाई नचाएका थिए । उनले ए होर माया, याद आएर हिजो, तिम्रै लागि हो मखमली लगायतका चर्चित गितहरु गाएका थिए । जसमा दर्शकहरु झुमिएका थिए । जी बब र हिमाल सागर सँगै आईतबार गायिका अन्जु कुश्मी, भूमिका गिरी, डान्सर लक्ष्मी साउँद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो ।

यस्तै सोमबार महोत्सवमा नायक प्रभात पाल ठकुरी, गायक रामजी खाँड, गायिका अस्मिता अधिकारी, लक्ष्मी नेपाली, डान्सर साबिता लामा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।