अत्तरिया – अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज शनिबार चर्चित र्यापर जी– बब, देउडा गायक शेरे आउजी लगायत कलाकारले प्रस्तुती राख्ने भएका छन ।

यसका अलावा गायिका अन्जु कुश्मी, जे आर भट्ट र डान्सर आरुशी मगर लगायत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्समा शुक्रबार चर्चित गायक हेमन्त शर्मा, चेतन बोहरा, देउडा गायक भुवन दाहाल, डान्सर सरस्वती सेठी लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए ।
पौष ९ गते देखि सुरु भएको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ ।


















