अत्तरिया – कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । शनिबार भीमदत्त नगरपालिका – ३ भासी, भीमदत्त नगरपालिका – ४ बसपार्क र गोबरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।

जसको मुख्य १ लाख १२ हजार रहेको प्रहरीले जनाएको छ । जसअन्तरगत चिनी, खानेतेल सहित बुद्धिचाल, चेस खेल्ने गोट्टी, चेस खेल्ने पेपर, हार्डवेयर लगायतका सामानहरु रहेका छन ।

उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवाारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



















