खाेज्नुहाेस

लगातार दोस्रो पटक उपाधि विजेता टिमको हिस्सेदार बने शेर मल्ल

Image
लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल लगातार दोस्रो पटक उपाधि विजेता टिमको हिस्सेदार बनेका छन् । नेपाल प्रिमियम लिग (एनपिएल) पहिलो सिजनमा जनकपुर बोल्टबाट खेलेर उपाधि विजेता टिमको हिस्सेदार बनेका शेर यो पटक लुम्बिनी लायन्सको टिमबाट खेल्दा पनि उपाधि विजेता बनेका छन् ।
यो सिजनका लागि जनकपुरले रिलिज गरेसँगै मिनिअक्सनबाट शेरलाई  लुम्बिनीले भित्र्याएको थियो ।
attariya hospital
शनिवार उपाधि भिडन्तमा लुम्बिनी लायन्सले साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेसँगै मल्लले दोस्रो सिजन उपाधि जित्न सफल भएका हुन् ।
navjiwan hospital
मल्लले यो सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले १० खेलमा १७ विकेट लिए । फाइनलमा ३ विकेट लिएका मल्ल सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहन सफल भए ।
उनलाई भारतीय कमेन्टेटर आकाश चोपडाले आइपिएल खेल्न सक्ने बलरको रूपमा चित्रित गरेका थिए । यस्तै काठमान्डु गोर्खाज तथा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाइले पनि उनको प्रशंसा गरेका थिए ।
उनले नेपालको ए राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्छन् ।