खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Image

अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । बिहिबार कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ बसपार्क स्थित सडक र ब्रहमदेब हाईवेबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ४५लाख १ हजार १७९ रुपैयाँका अवैध सामान बरामद गरिएको छ ।

navjiwan hospital

जसअन्तरगत आइफोन मोबाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सर समान लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका – ७ बुद्धचोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ६९ हजार ५ सय बराबरको बिभिन्न किसिमका पटका, माछा मार्ने जाल, जाल बाध्ने डोरी, बल्छि धागो लगायतका सामानहरु बरामद गरिएको छ । सबै समान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।