खाेज्नुहाेस

काठमान्डु गोर्खाज प्लेअफमा छनोट

Image

काठमाडौं – जारी नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनमा काठमान्डु गोर्खाज प्लेअफमा छनोट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डु प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्ने काठमान्डु दोस्रो टिम हो । यसअघि सुदूरपश्चिम रोयल्स पाँच जितसहित प्लेअफमा पुगिसकेको छ ।

attariya hospital

हारसँगै पोखराले अंक तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफको सम्भावना बलियो बनाउने मौका गुमाएको छ । काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिम बलमा अलआउट हुँदै १५२ रनमा रोकियो ।

पोखराका लागि ऋषि धवनले अर्धशतक पारी खेले । उनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५४ रन प्रहार गरे ।

navjiwan hospital

ओपनर तथा कप्तान कुशल भुर्तेलले २२ रन बनाउँदा अर्का ओपनर एडम रोसिङटन भने ५ रनमै आउट भएका थिए । जेसन रोयले १६, तिर्थराज दासले ५ रन बनाउँदा धनञ्जय लक्ष्मणले ३० रन जोडे । तर, जितका लागि पर्याप्त भएन ।

काठमान्डुका लागि शाहब आलमले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर ६ विकेट लिए । कप्तान करण केसी, सन्नी पटेलले दुई-दुई विकेट लिए ।

यसअघि काठमान्डुले पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । १३.३ ओभरमा ५ विकेट गुमाएर ७९ रन बनाएको काठमान्डुको ब्याटिङ डगमगाएको थियो । तर, बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारीले काठमान्डुलाई उकास्यो ।

बेनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६४ रनको योगदान गरे । बेनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । विष्फोटक ब्याटिङ गरेका भीमले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए ।

भीमले भने १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतकको पूरा गरे । मिलिन्द कुमारले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

पोखराका लागि धनन्जय लक्षणले १६ रन खर्चेर १ मेडेन ओभर फाल्दै ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट लिए ।