कञ्चनपुर – महाकाली आर्यघाटमा मलामी गएका एक युवक बेपत्ता भएका छन ।

बिहिबार भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनी चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।




















