मानबहादुर साउँद
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस के हो ?
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हरेक वर्ष डिसेम्बर ३ (३ डिसेम्बर) मा विश्वभर मनाइने दिवस हो । यस दिवसको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, सहभागिता, पहुँच, र समावेशिता प्रवद्र्धन गर्नु हो । संयुक्त राष्ट्रसंघले विश्वमा पहिलो पटक १९९२ मा यो दिवसको घोषणा गरेको थियो । हाल नेपालमा पनि ३ डिसेम्वरलाई भव्यताका साथ मनाउदै आएको छ । यस बर्षको ३४औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मंसिर १७ गते २०८२ मा परेको छ । यस दिन सरकाले अपाङ्गता भएका कर्मचारीहरु लाई विदा समेत दिदै आईरहेको छ । यस बर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवस सुदुर पश्चिम प्रदेशका धनगढी, अत्तरीया, महेन्द्रनगर लगायत विभिन्न स्थानमा स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग समन्वय सहकार्य गरी भव्यताका साथ मनाइरहेका छन । हरेक वर्ष संयुक्त राष्ट्र संघले एउटा थिम निर्धारण गर्दछ । जसअनुसार विभिन्न कार्यक्रम, छलफल र सचेतना गतिविधि गर्दै आइरहेका छन ।

नेपालमा यो दिवस कसरी मनाइन्छ ?
नेपालमा ३ डिसेम्बरमा -याली, सम्मान कार्यक्रम, समावेशी शिक्षा र पहुँचका बारे छलफल, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, संवाद, अन्र्तक्रिया, मिनि प्रर्दशनी मेला र अपाङ्गता भएका व्यक्तिहरूका सफलताका कथा प्रवद्र्धन जस्ता गतिविधिहरू आयोजना गरि मनाईन्छ ।
यस बर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय थिम के हो ?
सन २०२५ को (अन्तर्राष्ट्रिय अपाङ्गता दिवस) को राष्ट्रिय नारा “अपांगता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतीको समवद्र्धन” रहेको छ ।
दिवसको मुख्य दृष्टिकोण :
समावेशी सेवा र पहुँच सुनिश्चित गर्ने, डेटा÷अपाङ्गता प्रोफाइल तयार गर्ने, अधिकारमा आधारित योजनाहरू बनाउने, समुदायमा सचेतना अभिवृद्धि गर्ने रहेको छ । यसको साथै स्थानीय सरकार र प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार स्थापित गर्नका लागी निम्न कार्य गर्न अपरिहार्य रहेको छ ।
स्थानीय तथा प्रदेश सरकारले अन्र्तराष्ट्रिय अपाङ्गता दिवशलाई कसरी हेर्नुपर्छ ?
स्थानिय तथा प्रदेश सरकारले स्थानिय तथा प्रदेश स्तरमा बन्ने नीति–निर्माण, स्थानिय तथा प्रदेश स्तरीय योजना र समन्वय सहर्कायका लागि जिम्मेवार तह भएकाले आवश्यकता अनुसारका कार्य गर्न सरकार जिम्मेवार हुनुपर्दछ । जस्तै : नीति निर्माण अनुगमन र समन्वय, समावेशी पूर्वाधार र सेवाप्रवाह प्रदेश स्तरीय क्षमता विकास हुन जरुरी छ । प्रत्येक बर्ष मनाइने दिवशलाई एक अवसरको रुपमा लिई यस दिवसलाई बढि भन्दा बढि प्रभावकारी, अपाङ्गतामैत्री, अपाङ्गता अधिकारमुखी बनाउन दुवै सरकार कटिवद्ध भएर अभिभावकत्व प्रदान गर्न जरुरी छ । साथै स्थानिय र प्रदेश सरकारले अपाङ्गताका सवालमा वर्षभरीमा के के सफल कामहरु भए यसको समिक्षा र आगामि गर्नुपर्ने कार्यहरु समेतको विस्तृत विवरण जनता सामु सार्वजनिक गरेर प्रतिवद्धता समेत जाहेर गर्नुपर्दछ । सरकारले यस दिनलाई समीक्षाको रुपमा लिन जरुरी छ । सरकारले बर्ष दिनमा अपांगताको सवालमा “के पुरा भयो ? के सुधार गर्नुपर्छ ?” भन्ने विषयलाई गम्भीर रुपमा लिन जरुरी छ ।
वर्तमान आवश्यकता अनुसार स्थानीय सरकारले गर्नुपर्ने कामहरू :
१) समावेशी नीति र कार्यक्रम निर्माण : वार्षिक नीति तथा कार्यक्रममा अपाङ्गता समावेशी योजनाका छुट्टै शीर्षक राख्ने । बजेटमा न्यूनतम ५ प्रतिशत अपाङ्गता कार्यक्रमका लागि छुट्याउने (अधिकारवादी दृष्टीकोण)
२) अपाङ्गता मैत्री सेवा–प्रवाह : नगर/गाउँपालिकाको भवन, हेल्पडेस्क, विद्यालय, स्वास्थ्यचौकीमा ¥याम्प, शौचालय, साइन–ल्याङ्ग्वेज, ब्रेल आदि सुनिश्चित गर्ने । सामाजिक सुरक्षाभत्ता सहज रूपमा उपलब्ध गराउने ।
३) डेटा व्यवस्थापन : वडा–स्तरमा अपाङ्गता भएकाहरूको अद्यावधिक तथा प्रोफाइल तयार गर्ने । सेवाको प्रभाव मूल्यांकन गर्ने ।
४) समावेशी शिक्षा र स्वास्थ्य : टेक्निकल सहयोग, छात्रवृत्ति, पहु“चयुक्त सामग्री वितरण गर्ने । घरमै पुगेर सेवा र पद्धति विस्तार गर्ने ।
५) रोजगारी र सीप विकास : सीप तालिम, स्वरोजगार, सहकारीमा पहु“च, अपाङ्गता भएकाव्यक्तिलाई प्राथमिकता दिने ।
६) ३ डिसेम्बर विशेष लागू–कार्य : सम्मान कार्यक्रम, संवाद, जनचेतना र “अपाङ्गता समावेशी स्थानीयविकास” विषयक छलफल तथा अन्र्तक्रिया गर्ने । विद्यालय तथा समुदायमा सचेतना गर्ने अपाङ्गता भएका व्यक्तिका संघ संगठनसंग सहकार्य गर्ने ।
७) अपाङ्गमैत्री सेवा–सुविधा अभिवृद्धि : कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, भवन तथा सार्वजनिक स्थलहरूमा ¥याम्प, रेलिङ, शौचालय, साइनेज जस्ता पहुँचयोग्य संरचना अनिवार्य रूपमा स्थापना गर्ने । नागरिकता, सामाजिक सुरक्षा भत्ता, जन्म–मृत्यु दर्ता लगायतका सेवामा लाइन, कागजी प्रक्रिया, प्रतिक्षालय सबैलाई अपाङ्गमैत्री बनाउने ।
८) तथ्यांक (डाटा) व्यवस्थापन : पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको अपडेटेड डाटाबेस बनाउने । प्रकार, आवश्यकता, सेवा पहुँचको आधारमा वर्गीकरण गरी लक्षित सेवाप्रदान गर्ने ।
९) शिक्षा क्षेत्रमा समावेशिता : विद्यालयहरूमा सहायक उपकरण विशेष शिक्षक वा स्रोत व्यक्ति व्यवस्थापन गर्ने । पढाइ–सिकाइ सामग्री, कक्षा कोठा, शौचालय, खेल मैदान सबैलाई समावेशी र पहुँचयोग्य बनाउने ।
१०) स्वास्थ्य र पुनस्र्थापना : स्थानीय स्वास्थ्य केन्द्रमा फिजियोथेरापी, परामर्श सेवा, सहायक उपकरण वितरण गर्ने । नियमित स्वास्थ्य परिक्षण, मानसिक स्वास्थ्य सेवा र समाजमा पुनस्र्थापना कार्यक्रम पनि सञ्चालन ।
११) रोजगार र सीप विकास : अपाङ्गता भएका व्यक्तिका लागि तालिम, सीप, स्वरोजगार कार्यक्रम, स्थानीय विपन्न वर्गका लागि सहुलियत ऋण उपलब्ध गराउने । स्थानीय सहकारी र उद्यममा उनीहरूको प्रतिस्पर्धात्मक सहभागिता सुनिश्चित गर्ने ।
१२) स्थानीय नीति, योजना र बजेट : प्रत्येक योजनामा अनिवार्य समावेशी बजेट, अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा कम्तिमा निश्चित प्रतिशत बजेट छुट्याउने ।
१३) सहभागिता सुनिश्चित : अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व स्थानीयतहका समिती, परिषद्, योजना बनाउने प्रक्रियामा सुनिश्चित गर्ने । उनीहरुका आवाज, आवश्यकता र सुझावलाई प्राथमिकता र नीतिमा समावेश गर्ने ।
प्रदेश सरकारका प्रमुख जिम्मेवारीहरू :

१) नीति, कानुन र कार्यविधितयार गर्ने : “प्रदेश अपाङ्गता नीति”, पहुँच अभिवृद्धि सम्बन्धी मापदण्ड र शिक्षा, स्वास्थ्य, रोजगारमा अपाङ्गतामैत्री कार्यविधि बनाउने ।
२) समावेशी बजेट र कार्यक्रम : स्वास्थ्य, पुनस्र्थापना सेवा, सहायक उपकरण, शिक्षा, रेफरल स्कूल, स्रोत केन्द्रविस्तार, रोजगार, लक्षित सीप तालिम, उद्यम संचालन गर्ने ।
३) समन्वय र अनुगमन प्रणाली : स्थानीय तहको कार्यक्रम अनुगमन डाटा मर्ज गरी बनाउने संग सहकार्य गर्ने
४) मानवअधिकार र न्यायमा पहुँच : अपाङ्गता भएका व्यक्तिको केस–ह्यान्डलिङ, कानुनी सहायता, लैङ्गिक हिंसा, भेदभाव, सेवा अस्वीकार–विरुद्धस्तरको हेल्पडेस्क बनाउने ।
५) ३ डिसेम्बर को दिवसलाई रणनीतिक रूपमा हेर्ने : प्रदेशस्तरीय मुख्य कार्यक्रम गर्ने, उत्कृष्ट काम गरेको स्थानीयतह÷संस्था÷व्यक्तिलाई सम्मान गर्ने, नीति समीक्षा तथा आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्ने जस्ता काम गर्न जरुरी छ ।
६. कानुन तथा नीतिगत व्यवस्था : अपाङ्गता सम्बन्धीप्रदेश स्तरका कानून, निर्देशिका, कार्यविधि निर्माण । अपाङ्गता अधिकारको सुनिश्चितता, शिक्षा–रोजगार–स्वास्थ्यमा पहुँच सम्बन्धीनीतिहरू अद्यावधिक गर्न ।
७) पहुँचयुक्त पूर्वाधार : प्रदेशका अस्पताल, सरकारी कार्यालय, सार्वजनिक यातायात, सडक र भवनहरूमा लागू । सहुलियत र सुरक्षित यातायात सेवा प्रदान गर्ने ।
८) विशेष शिक्षा र उच्च शिक्षा पहुँच : लागू, संसाधन कक्ष विस्तार, प्रदेश–स्तरीय विशेष शिक्षालयहरूको गुणस्तर सुधार । स्नातक र उच्चशिक्षा अध्ययन गर्न छात्रवृत्ति तथा सहुलियत कार्यक्रम ।
९) स्वास्थ्य, पुनस्र्थापना र उपचार : प्रदेश अस्पतालमा फिजियोथेरापी सेवा विस्तार । अपाङ्गता पहिचान, प्रमाणिकरण, उपचार र पुनस्र्थापना प्रक्रिया सरल बनाउने ।
१०) रोजगारी र आर्थिक सशक्तीकरण : प्रदेशकै उद्योग, सेवा र सरकारी जागिरमा कोटा र समावेशी भर्ती नीति कडाइका साथ लागू । उद्यमशिलता–अनुदान, सीपशिक्षा र अपाङ्गता मैत्रीतालिम सञ्चालन गर्ने ।
११) स्थानीय सरकारलाई समन्वय र सहयोग : तालिम, बजेट, प्रविधि, मानव स्रोत, उपकरण उपलब्ध गराई स्थानीयतहलाई सशक्त बनाउने । अपाङ्गता अनुकूल कार्यक्रमहरूको अनुगमन–मुल्यांकन गर्ने ।
१२) सामाजिक सुरक्षा र संरक्षण : अपाङ्गता भएका व्यक्तिको सुरक्षा, हिंसा न्युनिकरण, कानुनी सहायता र सामाजिक संरक्षण कार्यक्रम । ३ डिसेम्बरलाई कार्यक्रम गर्ने दिनमात्र नभई वर्षभर अपाङ्गता समावेशी विकासमा कार्य गर्ने प्रतिबद्धता जनाउने दिनको रुपमा लिन उचित देखिन्छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवश देशभर बनाउनुको कारण के हो र किन मनाईन्छ ?
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (३ डिसेम्बर) किन देशभर मनाइन्छ ? यसको मुख्य कारणहरू धेरै गम्भीर र महत्वपूर्ण छन । यी कारणहरू संयुक्त राष्ट्रसंघका सिद्धान्त, मानवअधिकार, समावेशी विकास र सामाजिक न्यायसंग जोडिएका छन । अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशभर मनाउनुका प्रमुख कारणहरूबारे यहाँ चर्चा गर्न खोजिएको छ ः
१) अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति ध्यानाकर्षण गराउन : समाजमा अझै पनि भेदभाव, पहुंचको अभाव, सेवामा असमानता, अपमानजनक व्यवहार जस्ता समस्या धेरै छन् । यो दिवसले सबै तहका सरकार, समाज र संस्थालाई “अपाङ्गता अधिकार मानवअधिकार हो” भनेर स्मरण गराउन जरुरी छ ।
२) समावेशी समाजनिर्माणको अभियानलाई जोड दिन : यसको उद्देश्य—शिक्षामा पहुँच, रोजगारी, स्वास्थ्य सेवा, सुरक्षित आवत–जावत, डिजिटल पहुँच सबै क्षेत्रमा समावेशी प्रणाली बनाउनु हो ।
३) अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई सम्मान गर्न : समाजले धेरै समयसम्म अपाङ्गतालाई “अक्षमता” वा फरक क्षमता भएका भनेर बुझ्यो । ३ डिसेम्बरको दिनले उनीहरूको गलत सोचलाई परिवर्तन गर्न सक्छ । जस्तै : क्षमता, सम्भावना, योगदान र सफलताका कथाहरुलाई मूलधारमा ल्याउने अवसर बनाउँछ ।
४) सरकारी नीति, कानुन र कार्यक्रम सुधार गर्न दबाब सिर्जना गर्न : यो दिवसले राष्ट्रिय नीति÷कानुन सुधार, अपाङ्गता समावेशी बजेट, स्थानीय र प्रदेश तहमा समन्वयलाई बलियो बनाउनमा मद्धत गर्दछ ।
५) समिक्षाको रुपमा लिन जरुरी : सरकारले यस दिनलाई समीक्षाको रुपमा लिन जरुरी भएकाले । सरकारले बर्ष दिनमा अपांगताको सवालमा “के पुरा भयो ? के सुधार गर्नुपर्छ ?” भन्ने विषयलाई गम्भीर रुपमा लिन जरुरी छ ।
६) जनचेतना अभिवृद्धि र व्यवहार परिवर्तन : अपाङ्गताबारे अझै पनि धेरै मिथ्या धारणा छन्, जस्तै—दया, सहानुभूति, निर्भरता आदि । यो दिवसले समाजमा—सम्मान, समानता, स्वाभिमान, सकारात्मक सोच फैलाउन मद्दत गर्छ ।
७) अपाङ्गता भएका व्यक्तिहरूका संगठनलाई सशक्त बनाउने : ३ डिसेम्बरले एकता, सहकार्य र आवाजलाई बलियो बनाउने भूमिका खेल्छ । साथै अधिकार माग्ने, नीति परिवर्तन गराउने, आवाज उठाउने राम्रो अवसरको रुपमा लिने दिन पनि मानिन्छ ।
८) विश्वभर समान सन्देश फैलाउन : यो केवल एउटा राष्ट्रिय होइन, विश्वव्यापी दिवस हो । सबै देशले एउटै उद्देश्य समावेशिता, समानता र अधिकारलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाउन मद्धत गर्दछ । साथै यो दिवशले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समावेशिता, समान अवसर, पहुँच र सहभागितालाई सुनिश्चित गर्न, र उनीहरूमाथि हुने भेदभाव हटाउन वा कम गर्नका लागी यो दिवश विशेष गरी मनाईन्छ ।
अन्तराष्ट्रिय अपाङ्गता दिवशले दिने सन्देश के हो ?
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले समाज, सरकार र विश्व समुदायलाई दिने मूल सन्देश अत्यन्त स्पष्ट छ । यहाँ सबैभन्दा महत्वपूर्ण सन्देशहरू सरल र धेरै प्रभावकारी बुदामा प्रस्तुत छन :
१) अपाङ्गता अधिकार नै मानवअधिकार हो । अपाङ्गता भएका व्यक्ति अलग होइनन, उनीहरू पनि समान सम्मान, अधिकार र अवसरका पात्र हुन् । यो दिवसले भन्छ : “अधिकार बिना विकास संभव छैन ।”
२) समावेशिता सबैको जिम्मेवारी हो । समाज, सरकार, परिवार, कार्यालय, विद्यालय—सबैले अपाङ्गता भएका व्यक्तिलाई मुख्यधारमा ल्याउने जिम्मेवारी बहन गर्दछ । “समावेशी समाज नै आदर्श समाज हो ।”
३) बाधा–रहित वातावरण आवश्यक छ । भौतिक, सामाजिक, व्यवहारिक, डिजिटल सबै खालका बाधा हटाइनुपर्छ । “बाधा हटे अवसर आफैं खुल्छ ।”
४) क्षमता, योगदान र प्रतिभाको सम्मान गर्नुपर्छ । अपाङ्गता कमजोरी होइन । हरेक व्यक्तिमा क्षमता, कौशल र सम्भावना हुन्छ । “अपाङ्गता होइन—क्षमता नै पहिचान हो ।”
५) सहभागिता र नेतृत्वबिना समावेशिता सम्भव छैन । अपाङ्गता भएका व्यक्तिको आवाज, निर्णयमा सहभागिता, नेतृत्व मुख्य तत्व हुन् । “हाम्रो बारेमा निर्णय—हाम्रै सहभागिता सहित ।”
६) सबै क्षेत्र—शिक्षा, स्वास्थ्य, रोजगारी—सबैमा समान पहु“च आवश्यक छ । शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, यातायात, सूचना—सबै क्षेत्रमा समानअवसर हुनैपर्छ । “समान पहुंच शुन्य समान अवसर ।”
७) सम्मान, समानता र गरिमायुक्त जीवन सबैको अधिकार हो । माया, दया वा सहानुभूति होइन, सम्मान, अवसर र गरिमा चाहिन्छ । “गरिमासहितको जीवन सबैको अधिकार हो ।”
संयुक्त राष्ट्र संघको दृष्टिकोण :
१) अपाङ्गता मानवअधिकारको मामला हो । यसले स्पष्ट पार्छ कि अपाङ्गता कुनै व्यक्तिगत कमजोरी वा दुर्बलता होइन, समाज, संरचना र पूर्वाग्रहले सिर्जना गरेको बाधा हो । अपाङ्गता भएका व्यक्तिहरूका मानवअधिकार, स्वतन्त्रता र गरिमापूर्ण जीवन सुनिश्चित गर्नु अनिवार्य छ ।
२) समावेशिता र पहुंच सुनिश्चित गर्नु आवश्यक । शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना–प्रविधि, यातायात र सार्वजनिक पूर्वाधार सबै समावेशी र पहुँचयोग्य हुनुपर्छ । यसको सन्देश : लिभिङ नो अन विहाइन्ड अर्थात कुनै पनि व्यक्ति समाजको विकास र निर्णय प्रक्रियाबाट अलग हुनुहुदैन भन्ने हो ।
३) ३ डिसेम्बरको दिवसको उद्देश्य :
¨ अपाङ्गता सम्बन्धी चेतना अभिवृद्धि : समाजमा भेदभाव, पूर्वाग्रह र असमानता घटाउने ।
¨ नीति, योजना र कार्यक्रम सुधार : सरकार, संस्था र संगठनहरूलाई समावेशी बनाउने दबाब ।
¨ अवसर र सहभागिता प्रवद्र्धन : अपाङ्गता भएकाव्यक्तिहरूको नेतृत्व र निर्णय प्रक्रियामा भाग सुनिश्चित ।
४) दिगो विकास संग सम्बन्ध :
यसले अपाङ्गता समावेशितालाई सतविकास लक्ष्यसँग जोडेको छ । सबै दिगो विकासका लक्ष्यहरूमा अपाङ्गता–समान पहुँच सुनिश्चित गर्नुपर्ने भनिएको छ ।
५) मुख्य सन्देश (UN को दृष्टिकोणमा)
१.अपाङ्गता मानवअधिकार हो ।
२ समावेशिता र पहुँच सबै नीति, योजना र कार्यक्रमको आधार हुनुपर्छ ।
३.अपाङ्गता भएकाव्यक्तिहरूको सहभागिता र नेतृत्व सुनिश्चित गर्नु समाजको दिगो विकासको आधार हो ।
४.भेदभाव, पूर्वाग्रह र सामाजिकबाधा हटाउनु सबैको जिम्मेवारी हो ।
अपाङ्गता भएका व्यक्तिहरुको सवालमा संयुक्त राष्ट्र संघको धारणा लाई कार्यान्वयन गर्न नेपालले के गर्नु पर्ला ?
संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्बन्धी धारणा र सिआरपिडि को कार्यान्वयन गर्नका लागि सरकार, प्रदेश र स्थानीयतहले विभिन्न स्तरमा स्पष्ट कदम चाल्नुपर्छ । जस्तै ः
१) कानुन र नीतिनिर्माण : सिआरपिडि अनुकूल कानून र नीति बनाउने÷सुधार गर्ने, अपाङ्गता अधिकार ऐन २०७४ र नियमावली र सिआरपिडि संग मेल खाने गरी सुधार गर्ने, प्रदेश–स्तरीय अपाङ्गता नीतिको कार्यान्वयनमा जोड दिने, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सूचना–प्रविधि, सामाजिक सुरक्षा सबै क्षेत्रमा समावेशी नीति बनाउनमा जोड दिने ।
२) पहुँचयोग्य पूर्वाधार र सेवा सुनिश्चित गर्ने : भवन, सडक, स्कूल, अस्पताल, सरकारी कार्यालय पहुँचयोग्य बनाउनुपर्ने । डिजिटल पहंच (वेबसाइट, मोबाइलएप) मा ब्रेल, साइन–ल्याङ्ग्वेज, पहुँचयोग्य डिजाइन लागू गर्नु । सार्वजनिक यातायातमा अपाङ्गमैत्री सुविधा (¥याम्प, सुरक्षित सिट, संकेत) सुनिश्चित ।
३) शिक्षा र सूचना पहुँच : विशेष शिक्षा शिक्षक, सहायक उपकरण र स्रोत कक्षा, विशेष कक्षा र समावेशी विधालयको स्तरोन्नती गर्ने । सबै विद्यार्थी, विशेषगरी अपाङ्गता भएका, शिक्षा र तालिममा बराबरी अवसर दिने । अपाङ्गता सम्बन्धी सचेतना र मूल्याङ्कन कार्यक्रम स्कूल, समुदाय र कर्मचारी स्तरमा सञ्चालन गर्ने ।
४) स्वास्थ्य र पुनस्र्थापना सेवा : सबै अस्पताल र स्वास्थ्य केन्द्रमा फिजियोथेरापी उपलब्ध गराउने । सहायक उपकरण वितरण सुनिश्चित गर्ने । मानसिक स्वास्थ्य र पुनस्र्थापना सेवा पहुँचयोग्य बनाउने ।
५) रोजगारी र आर्थिक सशक्तीकरण : सार्वजनिक र निजी क्षेत्रमा कोटा वा प्राथमिकता नीति लागू गर्ने, स्वरोजगार, सीप तालिम, उद्यमशीलता प्रवद्र्धन गर्ने । सामाजिक सुरक्षाभत्ता सहज र नियमित उपलब्ध गराउने ।
६) सहभागिता र नेतृत्व : अपाङ्गता भएका व्यक्तिहरू नीतिनिर्माण, योजना, बजेट, कार्यक्रम अनुगमन मा प्रत्यक्ष सहभागी गराउने । स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा ओ पि डि संग सहकार्य गर्ने ।
७) जनचेतना र व्यवहार परिवर्तन : सामाजिक भेदभाव, पूर्वाग्रह र मिथक हटाउन जनचेतना अभियान, कार्यक्रम, पोस्टर, सेमिनार गर्ने र विद्यालय, समुदाय र कार्यालयमा समानता र समावेशिता प्रवद्र्धन गर्नुपर्ने हुन्छ । यस्ता कार्य गर्न सके मात्र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धीलाई कार्यान्वयन गर्न सक्छौ ।
दिवशको सार–सन्देश
“अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, अधिकार, सहभागिता, समान अवसर र समावेशिता मार्फत सबैका लागि न्यायपूर्ण र दिगो समाज निर्माण गरौ ।” भन्ने हो । यसको उद्देश्य समाज, सरकार, संस्था र समुदाय सबैलाई समावेशिता को दिशामा अघि बढाउन प्रेरित गर्ने हो ।
“अपाङ्गता समावेशी समाज” ले यस्तो समाजको संकेत गर्छ जहाँ अपाङ्गता भएका व्यक्ति निर्णयमा सहभागी हुन्छन् । समाज, विद्यालय, योजना, कार्यान्वयन सबैमा उनीहरूको आवाज महत्व पाउँदछ । सेवा, पूर्वाधार र वातावरण सबैको लागि पहुँचयोग्य हुन्छ । -याम्प, ब्रेल, साइन–ल्याङ्ग्वेज, सुरक्षित सडक, सूचना पहुच—सबैले बराबर प्रयोग गर्न सक्ने अवस्था हुन्छ । भेदभाव, अपमान र पूर्वाग्रह नभएको समाज हुनुपर्दछ । दया होइन, सम्मान सहानुभूति होइन, समानता आवश्यक छ । सच्चा प्रगति तब मात्रै हुन्छ जब सबैको सहभागिता हुन्छ । एक समूह पछि परेको, वरिपरी बाधा भएको वा विभेद भोगिरहेको अवस्थामा समाजको विकास हुदैन । समावेशिता नै दिगो विकासको मेरुदण्ड हो ।
समाजले सबैलाई साथ दिएर अघि बढे मात्र विकास स्थायी हुन्छ । समाजको मापदण्ड “सबैलाई सम्मान” मा आधारित हुन्छ । अपाङ्गता भएका नागरिकलाई हेर्ने दृष्टिकोण बदल्नु नै वास्तविक प्रगति हो । समाज तब मात्रै प्रगतिशील हुन्छ जब अपाङ्गता भएका व्यक्तिहरूलाई बराबरी अवसर, सम्मान र सहभागिता दिइन्छ । समावेशिता बिना सामाजिक प्रगतिको कल्पना गर्न सकिदैन । अपाङ्गता भएका व्यक्तिहरूलाई मुख्यधारमा ल्याएर, समान अवसर र पहुच सुनिश्चित गरेर बनाइएको समाज नै वास्तविक सामाजिक प्रगतिको आधार हो । दया वा सहानुभूति होइन, सम्मान र समान अवसर को समाज बनाउन जरुरी छ । समाजमा सकारात्मक दृष्टिकोण र व्यवहारको विकास गर्न जरुरी छ । “अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले समाजलाई सम्झाउछ कि अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, समान अवसर, सहभागिता र समावेशिता मार्फत मात्रै दिगो सामाजिक प्रगति सम्भव छ” भन्ने यस दिवसको मुल सार हो ।
(लेखक राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सु.प.प्रदेशका नि वर्तमान अध्यक्ष तथा श्री सु.प.समावेशी आधारभुत विधालयका संस्थापक अध्यक्ष हुन ।)


















